मौसम खुलेसँगै हिउँमय पहाडको बीचमा शे फोक्सुण्डो ताल (फोटोफिचर)


डोल्पा – नेपालकै गहिरो तालको परिचय बनाएको शे फोक्सुण्डो ताल मौसम खुलेसँगै निलो देखिएको छ । छिन , छिनमा रंग बदल्ने यो ताल फोक्सो आकारको भएकाले फोक्सुण्डो र शे गुम्वा नजिकै भएकाले शे–फोक्सुण्डो नाम राखिएको हो ।

यो तालमा जिवित कुनै पनि प्राणी नभएको विज्ञले बताउदै आएका छन् । उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा रहेको यो ताल सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ ।

११औं शताब्दीमा निर्मित शे गुम्बाको यही छ । शे फोक्सुण्डो राष्टिय निकुन्जको बीचमा रहेको यो ताल कर्णालीको पहिचान पनि हो । यस तालको वरपर बिभिन्न किसमका जनावरहरु समेत हेर्न पाइन्छ ।

अग्ला पहाडबाट बगेर कन्चन हिउँबाट ताल भरिने गर्दछ । यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउर लगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् ।

यस ठाउँमा डाँफे, मोनाल, चिर लगायत २०० प्रजाति पंक्षीहरू, ६ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाइएको छ । यहाँ पाइने हिउँ चितुवाको आहार–बिहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ ।

काञ्जिरोवा दक्षिण ६,८६६ मिटर , सिकाल्पो खाङ ६,५५६ मिटर , वेज चुचुरो ७,१३९ मिटर जस्ता हिमशिखरहरू र कतिपय हिमनदीहरूले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement