उपल्लो डोल्पामा हिउँको कथा (फोटो फिचर)


हेमन्त केसी

डोल्पा – हिउँको कथा मात्र होइन, बास्तविक जिन्दगीको खास मर्मसहितको भाव पनि हो । दुइ दिन गएर आहा गर्नेहरुमा भन्दा जिन्दगी भर पीडा भोग्नेको खास कथा फरक छ ।

चिसो मौसम , सिमित स्रोत साधन अनि राज्यबाट उपेक्षामा परेको बस्ती अनि त्यहाँका सर्बसाधारणको बास्तविक जिन्दगी आफू बाच्नका लागि मात्र होइन, सिमा रेखामा बस्दा विना बर्दीको सिमाको सुरक्षा अर्को चुनौती पनि हो । माटोको माया गर्नु र सिमानामा रही सिमा रक्षक हुनुमा फरक कुरा छ ।

खास जिन्दगीका अनगन्ती कथाहरु जहाँ राज्यले सुन्दैँन । स्रोत माथीको पहुँच समेत फलामको चिउरा झैँ हुँदै आएको छ । बजेट भाषणमा भएको आवाज रुपी कथाले यहाँको मन थामिदैँन ।

भुगोल, मन र पीडा सम्बोधन गर्न त हृदय देखि आत्मसाथ गर्नुपर्छ । देशका नागरिकलाइ नागरिको अधिकार पुर्णरुपमा राज्यले प्रत्यभूति गर्नुपर्छ उपल्लो डोल्पा अनि यहाँको पीडा ।

तीन पालिकामा हिमपातकै कारण कोभिड १९ को खोप लगाएत अन्य नियमित लगाइने खोप ५ महिनाका लागि बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement