शुक्रबार अमेरिकी सहायक विदेशमन्त्री नेपाल आउदैँ: ऊर्जा‚ पूर्वाधार र द्विपक्षीय सम्बन्धबारे छलफल हुने


काठमाण्डु- अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार नेपाल आउने भएका छन् । एकदिने भ्रमणमा दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु शुक्रबार नेपाल आउन लागेका काठमाण्डुस्थित अमेरिकी दूतावासले बिहीबार उनको भ्रमणको औपचारिक घोषणा गरेको हो ।

लु अहिले दक्षिण एसियाको भ्रमणमा छन् । लुले एकदिने नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भइसकेको छ ।

स्रोतका अनुसार उक्त भेटवार्ताको क्रममा लुले नेपालमा ऊर्जा र पूर्वाधार विकासमा अमेरिकी ५०० मिलियन डलर अनुदानको कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को कार्यान्वयनको अवस्था, दुई मुलुकबीचको सम्बन्धलगायत विषयमा कुराकानी गर्ने छन् । साथै, उनले दूतावासका कर्मचारीहरूलाई पनि भेट्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement