काठमाण्डु – इरानमा आक्रमण गरेपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रलाई सम्बोधन गरेका छन्। सम्बोधनमा ट्रम्पले अझ धेरैवटा लक्ष्यमा हमला गर्न बाँकी नै रहेको बताएका छन्।
उनले देश भक्त अमेरिकीले आकाशमा उडेर संसारमा अहिलेसम्म नदेखिएको दुर्लभ काम गरेको दाबी समेत गरेका छन् । ट्रम्पले इजरायलको भावी सैन्य आक्रमण तेहरानको प्रतिक्रियामा निर्भर रहने पनि बताएका छन्।
अमेरिकाले अमेरिकाले इरानको ३ वटा परमाणु केन्द्रमा आक्रमण गरेपछि राष्ट्रपति ट्रम्पको सम्बोधन आएको हो । इरानको फोर्दोसहित नतान्ज र इस्फहान गरी तीन वटा परमाणु केन्द्रमा अमेरिकाले आक्रमण गरेको छ ।
ट्रम्पले ह्वाइट हाउसमा उपराष्ट्रपति जे.डी. भान्स, विदेशमन्त्री मार्को रुबियो र रक्षामन्त्री पीट हेगसेथलाई सँगै राखेर देशबासीलाई सम्बोधन गरेका थिए । उनले इरानलाई मध्यपूर्वको ‘गुण्डा’को संज्ञा समेत दिए ।
सम्बोधनमा ट्रम्पले अब इरान शान्तिको बाटोमै आउनैपर्ने अन्यथा आगामी दिनमा अझ ठूला हमलाको सामना गर्नुपर्ने चेतावनी पनि दिएका छन्।
ट्रम्पले इरानमा खतरनाक र विनाशकारी योजना तयार भइरहेको दाबी पनि गरे। ट्रम्पले इरानलाई चेतावनी दिँदै अगाडि भनेका छन्, ‘अब कि शान्ति हुनेछ कि इरानमा विपत्ति आउनेछ, जुन पछिल्लो आठ दिनमा देखिएका घटनाभन्दा धेरै ठूलो हुनेछ।’
सम्बोधनमा उनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र इजरायली सेनालाई धन्यवाद पनि दिएका छन्।
प्रतिक्रिया