इरानको अस्तित्व नै समाप्त पार्ने डोनाल्ड ट्रम्पको चेतावनी

इरानको अस्तित्व नै समाप्त पार्ने डोनाल्ड ट्रम्पको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला केही घण्टामा बढेको इरानको आक्रामकताले उसलाई राम्रो नगर्ने बताएका छन् । उनले शनिबार यदि संयुक्त राज्य अमेरिकालाई युद्ध पुनः सुरु गर्न बाध्य पारियो भने इरान अब अस्तित्वमा नरहने चेतावनी दिएका हुन् ।

यो चेतावनी अमेरिकी सेनाले स्ट्रेट अफ हर्मुजमा इन्धन ढुवानीका लागि गएको पानामाको जहाजमाथि भएको आक्रमणको जवाफमा शनिबार इरानका केही भाग माथि आक्रमण गरेको भन्ने जानकारीपछि आएको हो ।

इरानले फेरि पनि शान्ति सम्झौताको उल्लंघन गरेको छ बदलामा संयुक्त राज्य अमेरिकाको विमानले इरानी मिसाइल र ड्रोन तथा तटीय राडार भण्डारण स्थलहरूमाथि आक्रमण गरेको छ ।

राष्ट्रपति ट्रम्पले लेखेका छन्, ‘हामीले जति नै तर्कसंगत हुन खोजे पनि, एउटा बिन्दु आउन सक्छ, त्यतिबेला हामीले सैन्य रूपमा अत्यन्त सफलतापूर्वक सुरु गरेको काम पूरा गर्न बाध्य हुनेछौँ । यदि त्यसो भयो भने, ‘इस्लामिक रिपब्लिक अफ इरान’ अब अस्तित्वमा रहने छैन !’