काठमाण्डु – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका विद्युत् गृह र पुलहरूलाई निशाना बनाउने चेतावनी दिएका छन्।
स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत गर्ने जहाजहरूमा २० प्रतिशत महसुल लगाउने घोषणा गरेको २४ घण्टा नबित्दै आफ्नो निर्णय उल्ट्याएका ट्रम्पले इरानका विद्युत केन्द्र र पुलहरूलाई निसानामा पार्ने धम्की दिएका हुन् ।
फक्स न्यूजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले यदि इरान वार्ताको टेबलमा नआएमा अमेरिकी सेनाले आगामी हप्ताभित्रै त्यहाँका विद्युत् गृह र पुलहरूमा बमबारी गर्ने बताएका हुन्।
ट्रम्पले इरानले कूटनीतिक वार्तामा सहभागी नभए सैन्य कारबाहीलाई तीव्र बनाइने संकेत दिएका हुन् ।
यसअघि गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेका थिए, जसको प्रतिवाद गर्दै इरानले हर्मुज स्ट्रेट पूर्ण रूपमा बन्द गरिदिएको थियो।
जलमार्ग भएर विश्वको झन्डै २५ प्रतिशत पेट्रोलियम पदार्थ र करिब २० प्रतिशत एलएनजी (तरलीकृत प्राकृतिक ग्यास) आपूर्ति हुने गर्दछ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि इरानले होर्मुजलाई प्रभावकारी रूपमा बन्द गरेको थियो ।
विश्वभर आपूर्ति हुने करिब २५ प्रतिशत कच्चा तेल र २० प्रतिशत तरलीकृत प्राकृतिक ग्यास यही जलमार्ग हुँदै ढुवानी हुने गर्दछ ।




प्रतिक्रिया