अमेरिकाको मध्यावधि निर्वाचनलगत्तै इरानसँगको युद्ध अन्त्य हुने, तेलको मूल्य पनि घट्ने

अमेरिकाको मध्यावधि निर्वाचनलगत्तै इरानसँगको युद्ध अन्त्य हुने, तेलको मूल्य पनि घट्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनपछि मात्रै अन्त्य हुने आफूलाई लागेको बताएका छन्। उनले त्यसअघि तेलको मूल्य पनि घट्ने सम्भावना नरहेको बताएका छन्।

बुधबार ट्रम्पले तेहरानतर्फ संकेत गर्दै भने, ‘मलाई लाग्छ, निर्वाचनलगत्तै युद्ध अन्त्य हुनेछ, किनभने उनीहरूले अब धेरै समयसम्म धान्न सक्दैनन्।’

मध्यावधि निर्वाचनअघि आफ्नो पार्टीको पहिलो सम्मेलनमा सहभागी हुन ट्रम्प टेक्सासतर्फ प्रस्थान गरिरहेका बेला उनको यस्तो भनाइ आएको हो। आगामी मध्यावधि निर्वाचनले अमेरिकी सरकारमा शक्तिको सन्तुलन परिवर्तन गर्न सक्नेछ।

यसबीच ट्रम्पमाथि आफ्नै रिपब्लिकन पार्टीभित्रबाट इरानसँगको युद्ध अन्त्य गर्न दबाब बढिरहेको छ भने उनको जनसमर्थनसम्बन्धी सर्वेक्षणका आँकडा पनि कमजोर हुँदै गएका छन्।

बुधबार मध्यपूर्वमा युद्ध थप चर्किएसँगै तेलको मूल्य बढेर प्रतिब्यारेल १०० डलर पुगेको थियो। यो जुलाईयताकै पहिलोपटक हो।

ट्रम्पले पत्रकारहरूसँग भने, ‘निर्वाचनलगत्तै तेलको मूल्य तीव्र रूपमा तल झर्नेछ। मलाई लाग्छ, मध्यावधि निर्वाचनसम्म केही बढी समय लाग्नेछ।’

उनले इरानले निर्वाचनलाई प्रभावित पार्न सक्दो प्रयास गरिरहेको आरोप पनि लगाए। ट्रम्पका अनुसार इरानको उद्देश्य हामीकहाँ कमजोर मानिसहरूको समूह निर्वाचित होस् भन्ने रहेको छ। उनले यो भनाइबाट डेमोक्र्याटहरूतर्फ संकेत गरेको देखिन्छ।

ट्रम्पले इरानलाई एक्लै छाड्दा उसले आफ्नो आणविक हतियार विकास गर्न सक्ने दाबी पनि गरे। यद्यपि, तेहरानले आफूले आणविक हतियार विकास गर्न खोजिरहेको आरोपलाई पटक–पटक अस्वीकार गर्दै आएको छ।