चीनसँग सम्झौता नभए भन्सार थप बढाउँछुः ट्रम्प


वासिङटन – अमेरिका–चीनबीचको व्यापार युद्ध फेरी बढ्ने आशंका बढेर गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदी चीनसँग व्यापार सम्झौता नभएमा उसमाथी थप शुल्क लगाइने चेतावनी दिएका छन् ।

ट्रम्पले ह्वाइट हाउसमा पत्रकारसँग भने, ‘यदी हामी चीनसँग कुनै सम्झौता गर्दैनौ भने शुल्क अझै  बढाइने छ ।’ दुई आर्थिक महाशक्तिबीच मेलमिलापको संकेत देखिएकै समयमा ट्रम्पको यस्तो बयान सार्वजनिक भएको हो ।

यो भन्दा पहिले आइतबार चीनको वाणिज्य मन्त्रालयले अमेरिकासँगको व्यापार सम्झौतालाई लिएर सार्थक वार्ता भएको उल्लेख गरेको थियो । चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार उप प्रधानमन्त्री लीउ हीले अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइथजर तथा वित्त मन्त्री स्टिभन न्यूचिनसँग कुराकानी गरेका थिए ।

दुवै पक्षबीच पहिलो चरणको सम्झौताका लागि आ–आफ्नो चिन्ताको विषयलाई वार्ता सार्थक रहेको थियो । मन्त्रालयका अनुसार दुवै पक्षले लगातार वार्ता गरिरहेका छन् । यद्यपि यो विषयमा विस्तृतमा केही बताइएको छैन ।

अमेरिका–चीनबीच चलेको लामो अवधिको व्यापार युद्धले विश्वव्यापी अर्थव्यवस्थामा नकारात्मक प्रभाव पारिरहेको छ र बजारमा पनि गिरावट आएको छ ।

अमेरिकी राष्ट्रपतिको ताजा बयानको असर भारत समेत विश्वभरीको सेयर बजारमा पर्न सक्छ । यद्यपि साताको दोस्रो कारोबारी दिन मंगलबार सेन्सेक्स १८५.५१ अंकले वृद्धि भएर ४०४६९.७० अंकाको स्तरमा पुगेको थियो । यसैगरी निफ्टी ५५.६० अंकले वृद्धि भएर ११९४०.१० अंकमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement