अमेरिकाले क्यानडा र मेक्सिकोको सामानमा २५ प्रतिशत अतिरिक्त कर लगाउने

अमेरिकाले क्यानडा र मेक्सिकोको सामानमा २५ प्रतिशत अतिरिक्त कर लगाउने


काठमाण्डु- अमेरिकाले क्यानडा र मेक्सिकोबाट आउने सामानमाथि २५ प्रतिशत अतिरिक्त महसुल लगाउने घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारदेखि लागू हुने गरी क्यानडा र मेक्सिकोबाट आउने सामानमाथि २५ प्रतिशत अतिरिक्त महसुल लगाउन घोषणा गरेका हुन् ।

यो कर ती देशबाट आउने तेलमा लागू हुन्छ कि हुन्न भन्नेबारे निर्णय भइनसकेको ट्रम्पले बताएका छन् । ओभल अफिसमा पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

यी देशका सीमाबाट अमेरिकामा ठुलो संख्यामा भित्रिने अवैध आप्रवासी र लागू औषध नियन्त्रण गर्न यस्तो कदम चालिएको पनि ट्रम्पले जनाएका छन् ।

चीनबाट आयात हुने सामानमा छिटोमा यही महिनादेखि १० प्रतिशत कर लाग्ने पनि ट्रम्पले बताएका छन् । तर उनले यसबारे थप विवरण भने दिएका छैनन् ।

चीनबाट अमेरिकामा फेन्टानिल तस्करी भइरहेको र यसका कारण सयौँ हजारौँको मृत्यु भइरहेको ट्रम्पले पुनः दोहोर्‍ याए । चीनले यसको लागि पनि महसुल तिर्नु पर्ने उनको भनाइ छ ।

आफ्नो चुनावी अभियानमा ट्रम्पले चीनमा बनेर अमेरिका आउने सामानमा ६० प्रतिशतसम्म अतिरिक्त महसुल लगाउने चेतावनी दिएका थिए । तर कार्यभार सम्हालेको पहिलो दिनमा उनले यसबारे कुनै कदम चालेनन् । आफ्नो प्रशासनलाई यस मामिलामा अध्ययन गर्न उनले आदेश दिएका थिए ।