काठमाण्डु-रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुर लेकखर्कमा गएको पहिरोमा दुई जनाको मृत्यु भएको छ ।
गएरातिको अविरल बर्षासँगै गएको पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
प्रहरीका अनुसार मृतकको पहिचान हुन बाँकी छ । पहिरोमा परेका एक जनाको घाइते अवस्थामा उद्धार गरिएको छ भने अन्य व्यक्तिको खोजी भइरहेको छ ।
पहिरोमा कम्तिीमा अझै ९/१० जना बेपत्ता छन् । पहिरोले ४ वटा घर र दोरम्बा गाउँपालिका वडा नम्बर ३ र २ को बीचमा रहेको पक्की पुल पनि बगाएको छ । पहिरो गएपछि त्रासले टोकरपुरबासी रातभर जागै बसेका थिए । पहिरो जाँदा वडा नम्बर १,२ र ३ का स्थानीय प्रभावित भएका छन् ।
प्रतिक्रिया