स्थानीय तहका जनप्रतिनिधिलाई अधिकारसम्पन्न बनाइने : मुख्यमन्त्री पौडेल


हेटौँडा– प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय निकायका जनप्रतिनिधिको भूमिकालाई थप प्रभावकारी बनाउनका लागि उनीहरुलाई अधिकारसम्पन्न पार्न केही दिनभित्रै ल्याइने बताएका छन् ।

जिल्ला समन्वय समिति महासंघ नेपालका तर्फबाट प्रदेश नं ३ जिल्ला समन्वय महासंघका अध्यक्ष रघुनाथ खुलालले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिएको ज्ञापनपत्र बुझ्दै उनले जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, नगरपालिकाका प्रमुख र उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका लागि आर्थिक कारोवारसहित कार्य क्षेत्र विस्तार गर्न गृहकार्य भइरहेको जानकारी दिए ।

सो, ज्ञापनपत्रमा प्रदेश र स्थानीय तहबीचको सहकारिता, सहअस्तित्व र समन्वयलाई प्रवद्र्धन गर्दै जिल्लासभाका काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न, जिल्लासभाको सञ्चालन, जिल्ला समन्वय समितिका पदाधिकारीले पाउने सुविधाबारे आग्रह गरिएको छ । प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठलाई पनि संसद् सचिवालयमा भेटी जिल्ला समन्वय महासंघले सो व्यहोराको ज्ञापनपत्र हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement