काठमाडौं– एमाले नेता डोरमणि पौडेल प्रदेश नम्बर ३ को मुख्यमन्त्री नियुक्त भएका छन्।
पौडेल ७ प्रदेश रहेको नेपालमा मुुख्यमन्त्री हुने पहिलो व्यक्ति बनेका छन्।
प्रदेश प्रमुख अनुराधा कोइरालाले पौडेललाई आइतबार मुख्यमन्त्री नियुक्त गरेकी हुन्। उनले भोलि सपथ ग्रहण गर्नेछन्।
पौडेल एमाले उपाध्यक्ष तथा प्रदेश ३ का संयोजक अष्टलक्ष्मी शाक्यलाई १० मत अन्तरले हराउँदै प्रदेश ३ को एमाले संसदीय दलको नेता चयन भएका थिए।
उनी वाम गठबन्धनबाट मुख्यमन्त्री बनेका हुन्।
पौडेल दुईपटक हेटौडा उपमहानगरपालिकाको मेयर बनेका थिए।
प्रतिक्रिया