काठमाण्डु – सभामुख डीपी अर्यालले विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गरेका छन् ।
सभामुख डीपी अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ तथा नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
त्यसैगरी, अर्यालले विपक्षी दलका नेता भिष्मराज आङदेम्बे तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुनसँग मंगलबार छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
भेटवार्ताका क्रममा प्रतिनिधि सभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल भएको थियो ।
त्यसैगरी, मंगलबार नै सभामुख अर्यालले विभिन्न दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग पनि छलफल गरेका थिए । छलफलमा प्रतिनिधि सभाको कार्यसञ्चालनलाई थप प्रभावकारी बनाउने तथा आगामी बैठकका कार्यसूचीलाई व्यवस्थित ढंगले अघि बढाउने विषयमा विचार आदानप्रदान भएको थियो ।




प्रतिक्रिया