धनगढी प्रिमियर लिग : काठमाडौँ गोल्डेन्सको लगातार जित


धनगढी- रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा काठमाडौँ गोल्डेन्स विजयी भएको छ । काठमाडौँ गोल्डेन्सको यो लगातार चौथो जीत हो । विराटगर किंग्सलाई पाँच विकेटले पराजीत गरको काठमाडौँ क्वालिफायरमा पुगेको छ ।

टस जितेर ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धा्रित २० ओभरमा आठ विकेट गुमाउँदै १६४ रन बनायो । १६५ रनको विजय लक्ष्य पछ्याएको काठमाडौंँले २० ओभरमा पाँच विकेट गुमाउँदै १७० रन बनायो । काठमाडाैँका लागि कप्तान ज्ञानेन्द्र मल्लले अविजित ६८ रन बनाए ।

उनले ४० बलमा चार छक्का र पाँच चौका प्रहार गरे । भुपेन्द्र थापाले २८ बलमा ३६ रन बनाए । उनले दुई छक्का र तीन चौका हाने । सन्नी पटेलले तीन छक्का र एक चौकासहित १० बलमा २५ तथा पुष्प थापाले २४ रन बनाए । सुबोथ भाटीले १० रनको योगदान दिए ।

बलिङतर्फ विराटनगरका वसन्त रेग्मीले दुई तथा कप्तान पारस खड्का, सुभम कामत र मञ्जित श्रेष्ठले एक÷एक विकेट लिए । यसअघि विराटनगरका लागि बाबर हायतले ३३ बलमा सात छक्का र तीनसहित ६७ रन बनाए । दिलीप नाथले ३३, पृथु बाँस्कोटाले ११ तथा अनिल साह र वसन्त रेग्मीले १०/१० रन बनाए ।

बलिङतर्फ काठमाडौँं गोल्डेन्सका लागि ललित राजवंशीले चार विकेट लिए । उनले चार ओभरमा १८ रन खर्चे । रसिद खानले दुई तथा सुबोथ भाटीले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement