डिपिएलः प्लेअफमा पुग्ने चार टीमको टुङगो, अत्तरियासँगै महेन्द्रनगर अघिल्लो चरणमा


धनगढी–रूस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको प्लेअफमा पुग्ने टीमको टुङगो लागेको छ।

सोमबार भएको देलको नतिजाले चार टोलीको टुङगो लगाएको हो । अपराजित रहेको काठमाण्डौ ७ अंक सहित शीर्ष स्थानमा रहँदा सिवाईसी अत्तीया दोस्रो स्थानमा रहेको छ।

समान ६ अंक भएपनि रुपन्देही च्यालेन्जर्स रन रेटका आधारमा तेस्रो स्थानमा रहेको छ । महेन्द्रनगर युनाईटे र विराटनगर किंग्सको समान चार अंक भएपनि रनरेटका आधारमा महेन्द्रनगर प्लेअफमा पुगेको छ।

पहिलो स्थानमा रहेको काठमाडौं र दोस्रो स्थानमा रहेको सिवाईसी अत्तरिया बीचको खेल हुन बाँकी रहेको छ । त्यसले पहिलो र दोस्रो स्थानमा रहने टीमको टुङगो लाग्नेछ।
सोमबारको दोस्रो खेलमा सीवाइसी अत्तरिया विराटनगरलाई हराउँदै प्लेअफमा पुगेको छ । विराटनगर किंग्सलाई १० रनले हराउँदै अत्तरीया प्लेअफको पुगेको हो । आफुसँगै महेन्द्रनगर युनाईटेडलाई पनि अत्तरियाले जित हात पार्दै प्लेअफमा पुगाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले पुरै २० ओभर खेल्दै ३ विकेटको क्षतिमा प्रतियोगिताकै सर्वाधिक ठुलो स्कोर १४८ रन बनायो । अत्तरियाको उच्च स्कोरमा सन्नी पटेल र जय किशन कोल्शावालाले अर्धशतकीय ईनिङस खेले । बिस्फोटक ब्याटिङ गरेका सन्नीले अविजित ६१ रन बनाए।

३१ बलमा ५ चौका र ४ छक्का प्रहार गरेका सन्नीले अन्तिम ओभरमा किशोर महतोको बलमा २ छक्का र ३ चौका प्रहार गरे । सन्नी डीपीएलमा अर्धशतक पुरा गर्ने पाँचौ खेलाडी समेत बने।

यस्तै कोल्सावाला ५१ रनमा अविजित रहे । डीपीएलमा अर्धशतक बनाउने चौंथो खेलाडी बनेका कोल्सावालाले ५० बलमा ५ चौका र २ छक्का प्रहार गरे। यस्तै जितेन्द्र सिंह ठकुरीले १३ तथा कप्तान दिपेन्द्र सिंह ऐरीले १० रन बनाए। विराटनगरका सुशन भारी र संसद शेखले समान १÷१ विकेट लिए।

फाप्ला क्रिकेट मैदानमा अत्तरियाले दिएको १४९ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको विराटनगरले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो ।विराटनगरका लागि आसिफ शेखले सर्वाधिक ३९ रन बनाउदा पृथु बास्कोटाले २७ रन जोडे।

यस्तै अभिनाश यादवले १४ असद उल्लाह खान पठानले १३ रन बनाए । कप्तान करण केसी १२ रनमा आउट भए । अत्तरियाका भुवन कार्की र दिपेन्द्र रावतले समान ३÷३ विकेट लिए ।

सोबार नै भएको पहिलो खेलमा जित हात पारेर रुपन्देही च्यालेन्जर्स तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको प्ले अफमा पुगेको छ।

साविकको विजेता धनगढी स्टार्सलाई ३९ रनले पराजित गर्दै रुपन्देही प्ले अफमा पुगेको हो । धनगढी भने जित विहीन भएर तेस्रो संस्करणबाट वाहिरिएको छ ।

बसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देहीले फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै १५ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनायो।

हुस्सुको कारण ढिला सुरु हुँदा १५ ओभरमा खटाएर खेलाईएको खेलमा रुपन्देहीका लागि सुमित महर्जनले सर्वाधिक ३३ रन बनाए । यस्तै विनोद भण्डारीले २४ रन बनाए । रुपन्देहीका बाबर हायातले १९ रन जोड्दा विक्रम शोवले ११ रन बनाए । धनगढीका कप्तान सोमपाल कामी, पवन सर्राफ र विपिन खत्रीले समान २-२ विकेट लिए ।

रुपन्देहीले दिएको १०७ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको धनगढी १४ ओभरमा अलआउट हुँदै ६७ रनमा समेटियो । धनगढीका पवन सर्राफले सर्वाधिक १५ रन बनाए । यस्तै कप्तान सोमपाल कामीले ११ रन जोड्दा सन्दीप रजालीले १० रन बनाए।

धनगढीलाई सस्तैमा समेट्न रुपन्देहीका ललित सिंह भण्डारीले ३ तथा विक्रम सोवले २ विकेट लिए । जितसंगै रुपन्देहीले ५ खेलबाट ६ अंक जोडेको छ । रुपन्देही अंक तालिकाकोे दोस्रो स्थानमा उक्लिएको छ । साविकको विजेता धनगढी भने जित विहीन बन्दै घर फर्किएको छ । धनगढीले ५ खेलमा मात्र १ अंक जोड्न सक्यो । अघिल्ला दुई संस्करणको विजेता धनगढी पहिलो पटक प्ले अफ नपुग्दै प्रतियोगिताबाट बाहिरिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement