डीपीएल :घरेलु टिम अन्तिम खेलमा रुपन्देहीसँग ३९ रनले पराजित


काठमाडौं – धनगढी प्रिमियर लिगमा घरेलु टिम अन्तिम खेलमा रुपन्देही च्यालेञ्जर्ससँग ३९ रनले पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले १५ ओभरमा झारीएको खेलमा ८ विकेट गुमाउँदै एक सय ६ रन बनायो ।

एक रन बनाउँदा पहिलो विकेट गुमाएको रुपन्देहीका लागि सुमित महर्जनले ३३, विनोद भण्डारीले २४ तथा बाबर हायातले १९ रन बनाउँदा बाँकि खेलाडीले राम्रो खेल्न सकेनन् । १५ ओभरमा रूपन्देही च्यालेन्जर्सले सम्पुर्ण विकेटको नोक्सानीमा दुई सय छ रन जोडयो । यो खेलमा पनि ओपनर प्रदीप सिंह ऐरीको प्रदर्शन निराशाजनक रहयो ।

उनी गोल्डेन डक आउट भए । लगत्तै बबर हयात पनि १९ रनमा पेबिलियन फर्कदा टिमले २५ रन बनाएको थियो । यसपछि बिनोद भण्डारी र सुमित महर्जनले तेस्रो विकेटकोलागि ५७ रनको साझेदारी गरे । सुमितले सर्वा्धिक ३३ रन बनाउदा बिनोद भण्डारी २४ रनमा आउट भए । बलिङमा सोमपाल कामी र बिपिन खत्रीले २-२ विकेट लिए।

जवाफमा २ सय सात रनको विजय लक्ष्य पछाएको धनगढी स्टार्स १४ ओभरमा सम्पुर्ण विकेट गुमाएर ६७ रनमा समेटियो । पवन सराफले १५, सोमपाल कामीले ११ र सन्दीप रजाइलीले १० रन जोडदा अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् ।

बलिङमा ललित भण्डारीले तीन र बिक्रम सोबले २ विकेट लिए । यसरी ३९ रनको जितमा पाँच खेल खेली तेस्रो जितका साथ छ अंक बनाई रूपन्देही च्यालेन्जर्सले प्ले अफमा स्थान बनाएको हो । जितबिहिन भएर मात्र १ अंकमा समेटिएर धनगढी पुछारमा रहदै बाहिरियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement