डिपिएल : काठमाडौँ माथि जित हासिल गर्दै टिम चौराह धनगढी फाइनलमा


धनगढी-  खेलको अन्तिम ओभरको पाँचौँ बलमा सम्साद शेखले छक्का प्रहार गरेपछि टिम चौराह धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । जितका लागि दुई बलमा ६ रन आवश्यक रहेको अवस्थामा धनगढीले काठमाडौँ गोल्डेन्सलाई एक विकेटले पराजित गर्दै रु २५ लाख पुरस्कारका लागि फाइनलमा स्थान पक्का गरेको हो ।

प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा टिम चौराह धनगढीले टस जित्दै फिल्डिङ रोजेको थियो । काठमाडौँ गोल्डेन्सले ब्याटिङ गर्दै टिम चौराह धनगढीसामु एक सय २८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । धनगढीले एक बल बाँकी छँदै नौ विकेटको क्षतिमा उक्त विजयी लक्ष्य पूरा ग¥यो ।

धनगढीका लागि रोहन मुस्तफाले सर्वा्धिक ३३ रन बनाए । उनले २० बलमा एक छक्का र दुई चौका प्रहार गरे । शंकर रानाले ३९ बलमा दुई चौकासहित २८ रन बनाए । सोनु तामाङले एक छक्का र एक चौकासहित १० बलमा १४ तथा सुनिल धमलाले १३ रनको योगदान दिए ।

बलिङतर्फ काठमाडौँका सन्नी पटेल, रशिद खान र शाहव आलमले दुई÷दुई विकेट लिए । सुवोथ भाटी र ललितनारायण राजवंशीले एक/एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको काठमाडौँ गोल्डेन्सले निर्धा्रित २० ओभरको खेलमा नौ विकेट गुमाएर एक सय २७ रन बनायो ।

काठमाडौँका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वा्धिक ३८ रनको योगदान दिए । उनले २३ बलमा दुई छक्का र तीन चौका प्रहार गरे । प्रारम्भिक ब्याट्सम्यान अमित श्रेष्ठले ३८ बलमा एक छक्का र दुई चौकासहित ३६ रन बनाए । पुष्प थापाले अविजित १६ तथा भूपेन्द्र थापाले १० रन बनाए ।

बलिङतर्फ धनगढीका लागि कप्तान सोमपाल कामी र ललितसिंह भण्डारीले दुई÷दुई तथा रोहन मुस्तफा, सुनिल धमला र सम्साद शेखले एक/एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement