उपप्रधानमन्त्री श्रेष्ठसँग तीन देशका राजदूतको भेट


काठमाण्डु – नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि नर्वेका राजदूत टोरुन ड्रम्डलले शिष्टाचार भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटवार्तामा उनिहरुबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने तथा आपसी द्विपक्षीय हितका विविध विषयमा विचारविमर्श भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए ।

भेटका अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नर्वेले गर्ने सहयोग अभिवृद्धिका सन्दर्भमा समेत कुराकानी गरेका थिए । यसैगरी आजै उपप्रधानमन्त्री श्रेष्ठसँग नेपालका लागि पाकिस्तानी राजदूत अब्रर एच हस्मी र नेपालका लागि साउदी अरबका राजदूत साद अबुहैमेदले समेत शिष्टाचार भेट गरेका छन् ।

सो अवसरमा राजदूतद्वयले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement