डा केसीविरुद्धको अवहेलना मुद्दाको पेशी फागुन १५ मा


काठमाडौं– प्रा. डा. गोविन्द केसीविरुद्ध सर्वाेच्च अदालतमा रहेको अवहेलना मुद्दाको पेशी फागुन १५ गते तोकिएको छ।

अदालतको अवहेलनासम्बन्धी मुद्दामा डा. केसीले मंगलबार ९ बुँदे लिखित जवाफ बुझाउँदै तारेख बुझेका थिए।

केसीले अदालतमा बुझाएको लिखित जवाफमा गलत निर्णय र काम गर्ने न्यायाधीशको बारेमा बोल्दा अदालतको अवहेलना नहुने जवाफ पेश गरेको अदालतका सहप्रवक्ता नागेन्द्र कालाखेतीले जानकारी दिए ।

न्यायालयको शुद्धीकरणका लागि आफूले यो कदम चाल्नुपरेको डा केसीको भनाइ छ । सर्वोच्च अदालतको गत पुस २६ गतेको आदेशअनुसार डा केसी अदालतमा हाजिर भएका हुन्।

अदालतले वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीको रोहबरमा अदालतमा उपस्थित गराउने गरी डा केसीलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो ।

डा केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले पदीय मर्यादा विपरीत काम गरेको अभिव्यक्ति दिएर अनशन शुरु गरेपछि अदालतले अवहेलना मुद्दामा पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।

यस्तो छ, केसीको लिखित जवाफ

प्रतिक्रिया दिनुहोस
Advertisement