डा.सुरेन्द्र केसीलाई करिश्माको काउन्टर ! बोल्दा बिचार गर्नुस्


काठमाडौं – अभिनेत्री करिश्मा मानन्धरले राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीलाई काउन्टर गरेकी छन् ।

सामाजिक संजाल फेसबुकमा एक स्टाटस राख्दै उनले केसीको व्यक्तित्वमाथि नै प्रश्न उठाएकी छन् ।

आफ्ना श्रीमान् विदोद मानन्धरले पोखरामा सुरेन्द्रलाई भेटेर आफू करिश्माको श्रीमान् भनेर परिचय दिएको प्रति उनले केही दिन अघि मिडियामा अन्तर्वार्ता दिँदै आलोचना गरेका थिए ।

उनको आलोचनाप्रति करिश्माले प्रश्न उठाउँदै भनेकी छन्, ‘यदि करिश्मा केसीले आफ्नो जात बदलेर करिश्मा मानन्धर गर्न सक्छ भने विनोदजीले म करिश्मा मानन्धरको श्रीमान् भन्दा के बेइज्जत भयो ? उहाँ जस्तो व्यक्तित्वबाट मैले यो आशा गरेको थिइन ।’

यस्तो छ करिश्माको स्टाटसः

डा. सुरेन्द्र के.सी विश्लेषक , बोलिरहनु हुन्छ , तर कहिलेकाही के बोल्नु हुन्छ के !!!त्यो वाहाको बोलाइको आधारमा वहाको व्यक्तित्व आन्दाज गर्न मुस्किल जस्तो !! 

हालै एउटा अन्तरवार्तामा वाहाले भन्नू भयेको रहेछ कि सिनेमाका व्यक्तिहरुले आफ्नो व्यबहार र आचरणका कारण आफुलाइ निम्न स्तरमा पारेका छन र उदाहरण दिदा मेरो श्रीमान बिनोद जी को नाम लिनुभएको रहेछ ।

पोखरामा बिनोद जी ले वाहालाई देखेपछि आफै गएर भेट्नु भयोरे अनि म करिश्माको श्रीमान भन्नू भयो रे तेस्ले बिनोद जी ले आफ्नो इज्जत घटाउनु भयो रे !! वाहाले म बिनोद मानन्धर भनेर किन नचिनाएको रे एस्ता त छन अनि के इज्जत हुनुरे ! ( बिनोद मानन्धर , ईश्वर मानन्धरको इतिहास हेर्नुस् अलिकति ) येदि करिश्मा के. सी ले आफ्नो जात बद्लेर करिश्मा मानन्धर गर्न सक्छ भने बिनोद जी ले म करिश्मा मानन्धरको श्रीमान भन्दा के बेइज्जत भयो ?
वाहाजस्तो व्यक्तित्व बाट मैले यो आसा गरेको थिइन ।
जबकी जब बिनोद जी पोखराबाट फर्किनु भयो कस्तो उत्साहित भयेर भन्दै हुनुहुन्थ्यो र भन्दै हुनुहुन्थ्यो मैले पोखरामा डा. सुरेन्द्र के . सी लाई भेटेनी , म आफै बोल्न गए , ( बिनोद जील ले सुरेन्द्र के.सी को सबै अन्तरवार्ता फलो गर्नुहुन्छ र वाहाको भनाइ मनपराउनु हुन्छ ) 
बिनोद जी ले आफ्नो परिचय दिदा करिश्माको श्रीमान भनेको ले बिनोद जी कसरी इज्जत बिहिन हुनुभयो डा . के सी ? 
जो मानिस आफू राजा जस्तो बनेर हिड्न चाहान्छ नि उस्ले आफ्नो श्रीमतीलाई रानी सरहको व्यबहार गर्छ ।
अनि जो मनिस तपाईंको आगाडी सम्मानका साथ झुकेर बोल्न आउँछ नि त्यो उस्को कमजोरी होइन त्यो उस्को बडप्पन हुन्छ ।
तेइबेला तपाई , बिनोद र मेरि छोरी कविताको युटुब कुराकानी जब मेरो छोरिले सेयर गरन ममि भन्दा मैले गरिन, त्यो कुरामा कबु म संग रिसाएको थियो !! त्यो तपाईं प्रती उस्को सम्मान थियो बुझ्नुभयो ! तर त्यो कुराकानीमा मेरो परिवारको साधारण पन देखेर तपाईंको आनुहारको बेवास्ता मैले पढेकोले त्यो सेयर गरिन ।
आफ्नो ज्ञानलाई दम्भ होइन हजारौं नबलेका दियो बाल्ने ज्योती बनाउनुस ।
बिनोद मानन्धर तपाईंको तुलनामा कुनै कुरामा कम छैन ।
सबैभन्दा ठुलोकुरा उहाँमा मानवता छ र उहाले तपाईंले जस्तो आरुको नचाहने जजमेन्ट गरेर अरुको बारे गलत व्याख्या गर्नुहुन्न ।
अब आइन्दा बोल्दा विचार गर्नुहोला ।
सबैले सहदैनन। हामीले तपाईंको केही खाएको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement