दक्षिण अफ्रिका लागि नेपाली राजदूतमा डा. निर्मलकुमार विश्वकर्मा नियुक्त


काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण अफ्रिका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले मन्त्रीपरषदको निर्णयबमोजिम आज डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपालको अवासिय राजदूतमा नियुक्त गरेकी हुन् ।

‘राष्ट्रपति भण्डारीले मन्त्रीपरषदको निर्णयबमोजिम नेपालको संविधानको धारा २८२ बमोजिम डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली निकट विश्वकर्मा तत्कालीन नेकपा एमालेको विदेश विभागमा १० वर्ष सदस्यको रुपमा काम गरेका थिए ।

स्विट्जरल्याण्डको ज्युरिच विश्वविद्यालयबाट फुड मुभमेन्टमा पिएचडी गरेका विश्वकर्मा नेकपा नेता छविलाल विश्वकर्माका ज्वाइँ हुन् ।

डा.निर्मलकुमार राजदूत बनेमा दलित समुदायको तर्फबाट राजदूत बन्ने तेस्रो व्यक्ति बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement