बालेनले हटाएका सुरेश आचार्यलाई कांग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

बालेनले हटाएका सुरेश आचार्यलाई कांग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– डा. सुरेश आचार्य नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त भएका छन् ।

उपसभापति विश्वप्रकाश शर्माले आचार्यलाई प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् ।

शर्मा प्रतिष्ठानका प्रमुख हुन् । कांग्रेस केन्द्रीय कार्यालयका कार्यबाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आगामी १ साउनदेखि लागू हुनेगरी आचार्य प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त भएको जानकारी दिए ।

आचार्यले राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्त भएर पनि काम गरेका थिए । उनलाई बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले पदमुक्त गरेको थियो ।

आचार्य नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष समेत हुन् ।