भारती ड्रग्स प्रकरणः एनसीबीले गर्यो दुई अफिसरमाथि कारबाही


एजेन्सी – भारतको लागूऔषध नियान्त्रण ब्यूरो (एनसीबी)ले आफ्ना दुई आफिसरमाथि कारबाही गरेको छ ।

ड्रग्स केसमा पक्राउ परेका हास्य कलाकार भारती सिंह, उनका पति हर्ष र दीपिका पादुकोणको मेनेजर करिश्मा प्रकाशलाई रिहा गर्नमा उनीहरूको भूमिका शंकास्पद रहेको भन्दै मुम्बई एनसीबीका दुई अधिकारीलाई निलम्बन गरिएको हो । यस बाहेक एनसीबीका वकिलको भूमिकामाथि पनि अनुसन्धान भइरहेको छ । यी दुबै अधिकारीलाई विभागीय अनुसन्धानको आदेश दिइएको छ ।

यसअघि एनसीबीले हास्य कलाकार भारती सिंहको घरबाट ८६.५ गाँजा बरामद गरेको थियो । त्यसपछि भारती र उनका पतिलाई पक्राउ गरि न्यायिक हिरासतमा पठाइएको थियो । भारतीले बेलको लागि अदालतमा निवेदन दर्ता गराएकी थिइन् । उनलाई सहजै जमानत दिइएको थियो किनकि कुनै एनसीबी अफिसर वा वकील त्यसबेला अदालतमा उपस्थित थिएनन् ।

त्यस्तै एनसीबीले अभिनेत्री दीपिका पादुकोणको मेनेजर करिश्मा प्रकाशको साथबाट पनि १.७ ग्राम गाँजा बरामद गरेको थियो । जब करिश्माले जमानतको लागि आवेदन दिइन्, त्यसबेला पनि एनसीबीका कुनै पनि अधिकारी अदालतमा उपस्थित थिएनन् । पछिल्लो समय एनसीबीको तर्फबाट एनडीपीएस अदालतमा निवेदन दर्ता गरिएको छ, जसमा हर्ष र भारती सिंहले चुनौतीको सामना गनुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement