बलात्कारको आरोपका पूर्वडीएसपी खिउजुविरुद्ध किटानी जाहेरी


काठमाडौं – नेपाल प्रहरीका पूर्वप्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार खिउजुविरुद्ध जबरजस्ती करणीको आरोपमा प्रहरीमा किटानी जाहेरी परेको छ ।

ललितपुर महांकालकी २१ वर्षीया युवतीले खिउजुविरुद्ध ललितपुर प्रहरी परिसर, जावलाखेलमा किटानी जाहेरी दिएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।

उनले किटानी जोहरी दिएलगत्तै प्रहरीले पाटन अस्पताल लगेर स्वास्थ्य परीक्षण गराएको छ । एसएसपी राईका अनुसार पीडितले पत्रकार राजु बस्नेतविरुद्ध पनि उजुरी दिएकी छन् ।

प्रहरी रिपोर्ट बनाउनका लागि ३० मंसिरमा महानगरीय प्रहरी वृत्त, चापागाउँ पुगेका बेला सहयोग गर्ने बहानामा आफूलाई एक्लै बनाएर कार्यकक्षमै जबरजस्ती गरेको पीडितको दाबी छ ।

यो घटनालाई लिएर पीडित युवती बिभिन्न प्रहरी उच्च अधिकारसम्म पुगेपछि खिउजुले डेढ महिनाअघि घरायसी कारण देखाउँदै राजीनामा दिएका थिए । घटनाकेा विषयमा थप अनुसन्धान जारी रहेकाे एसएसपी राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement