प्रहरीका ७२ जना डीएसपीहरू दर्ज्यानी चिह्नबाट सुशोभित

प्रहरीका ७२ जना डीएसपीहरू दर्ज्यानी चिह्नबाट सुशोभित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृह मन्त्रालयका सचिवस्तरीय निर्णयबाट नेपाल प्रहरीको प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा पदोन्नति भएका ७५ जनामध्ये ७२ जना डीएसपीहरू दज्र्यानी चिह्नद्वारा सुशोभित भएका छन् ।

प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आईतबार आयोजित समारोहबीच उनीहरूलाई दज्र्यानी चिह्नद्वारा सुशोभन गरे ।

गत शुक्रबारको निर्णयबाट पदोन्नति भएका २ जना डीएसपीहरू हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहेका छन् भने १ जना डीएसपी हाल तालिमको सिलसिलमा विदेशमा छन् ।

दज्र्यानी चिह्न सुशोभन समारोहलाई सम्बोधन गर्दै आईजीपी कुँवरले दज्र्यानी चिह्नद्वारा सुशोभित भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । पदोन्नतिसँगै पदीय दायित्व र जिम्मेवारी समेतको बढोत्तरी भएको चर्चा गर्दै व्यक्तिगत लाभ र स्वार्थभन्दा माथि उठेर एकजुट भई प्राप्त जिम्मेवारीलाई निष्ठापूर्वक ढंगबाट उच्च समर्पण भावका साथ कार्यसम्पादनमा खरो उत्रिन उनले निर्देशन दिए ।

प्रहरी सेवामा सबै नागरिकको सहज पहुँचको वातावरण निर्माण गरी प्रहरी सेवालाई थप विश्वसनीय बनाउन कानूनसम्मत तवरले कार्यसम्पादन गरी आमनागरिकको नजरमा प्रहरी प्रतिको सम्मान र विश्वास बढाउन थप कटिबद्ध हुनुपर्ने उनले बताए ।

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै डीएसपी सुरेन्द्र प्रसाद जोशीले संगठनको छवि उच्च राख्दै प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

दज्र्यानी चिह्न सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति थियो ।