क्यान्सरबाट पिडीत डिएसपी केसीको निधन


काठमाण्डु – नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) डम्बर बहादुर केसीको निधन भएको छ । पेटको क्यान्सरबाट पिडीत केसीको बुधवार राती प्रहरी अस्पताल महाराजगञ्जमा निधन भएको हो ।

पुस २७ मा प्रहरी अस्पताल भर्ना भएका डीएसपी केसीको गतराति निधन भएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले जानकारी दिए ।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा दरबन्दी भएका केसी खानेपानी बोर्डमा कार्यरत थिए । उनी बाग्लुङका स्थानिय हुन् । केही समयअघि उनलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

बागलुङ स्थायी ठेगाना भएका केसीले २०७५ सालमा डडेल्धुरा प्रहरी प्रमुखका रुपममा काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement