२६ डीएसपी र चौंध एसपीकाे बढुवा (नामावलीसहित)


काठमाडौं- प्रहरी प्रधान कार्यालय नक्सालले १४ जना एसपीलाई एसएसपीमा र २६ जना डीएसपीलाई एसपीमा बढुवा गरेको छ। शनिबार साँझ प्रहरी प्रधान कार्यालयमा गृह सचिव, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालससहित बसेको बैठकले बढुवा गर्ने निर्णय गरेको हो।

डीएसपीबाट एसपीमा बढुवा हुनेहरुमा रविन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाईं, मेखबहादुर खत्री, बिनोद सिलवाल, भिम दाहाल, रमेश थापा, प्रकाश रानाभाट, रमेश बस्नेत, हिरा पाण्डे, बिमल कडेल, कमल थापा, जनार्दन जिसि, श्यामकृष्ण अधिकारी,अजय केसी, नवराज अधिकारी रहेका छन्।

त्यस्तै एसपीबाट एसएसपीमा बढुवा हुनेहरुमा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, बसन्तबहादुर कुवर, भिम ढकाल रहेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement