गैरकानुनीरुपमा विदेशी नागरिकको नेपालमा ‘दुबई प्रोपर्टी शो’, प्रहरीले मार्‍यो छापा


काठमाण्डु- दुबईको द म्याक नामक कम्पनीले काठमाण्डस्थित सोल्टी होटलमा गैरकानूनी रूपमा ‘दुबई प्रोपर्टी शो’ आयोजना गरेको छ । शनिबार र आइतबार उक्त कम्पनीले सोल्टी होटलमा ‘दुबई प्रोपर्टी शो’ कार्यक्रम संञ्चालन गरेको हो ।

विदेशमा घरजग्गा किन्न बन्देज रहेपनि दुबईमा निर्मित फ्ल्याट र घरको विज्ञापन गर्ने लक्ष्यसहित २ दिनदेखि गुपचुपरुपमा सो कार्यक्रम सञ्चालन गरिएको बुझिएको छ । यसैबीच कार्यक्रम चलिरहेकै बेला शोमा आइतबार प्रहरीले छापा मारेको छ ।

महानगरीय प्रहरी वृत्ति कालिमाटीका प्रहरी नायब उपनिरीक्षक (डीएसपी) अनिल घिमिरे नेतृत्वको टोलीले छापा मारेको हो । नेपालमा बसोबास गर्ने कुनै पनि नेपाल नागरिकले विदेशमा घरजग्गा, धितोपत्र, सम्पत्ति खरिद गर्न र विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्न पूर्ण बन्देज लगाइएको छ। दुबईको कम्पनीले राष्ट्र बैंकले तोकिदिएको व्यवस्थाबमोजिम बाहेक विदेश पैसा लैजान पाइँदैन।

तर, उक्त कम्पनीले नेपालमा प्रपर्टी शो सञ्चालनका लागि कुनै अनुमति लिएका छैनन् । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै विदेशमा घर–जग्गा किन्न, धितोपत्रमा लगानी गर्न, सम्पत्ति खरिद र विदेशी बैंकमा रकम जम्मा गर्न बन्देज गरेको छ । र, यसो गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्ने केन्द्रीय बैंकले चेतावनी समेत दिएको छ ।

rd

प्रतिक्रिया दिनुहोस
Advertisement