चीनले निर्माण गरेको दरबार हाई स्कूल सरकारलाई हस्तान्तरण (भिडियो)


काठमाण्डु – चीनले भूकम्पले थला परेको नेपालको पहिलो दरबार हाई स्कूल सरकारलाई हस्तान्तरण गरेको छ ।नेपालस्थित चिनियाँ दूतावासले सरकारलाई उक्त भवन निर्माणपछि हस्तान्तरण गरेको हो ।

काठमाण्डु महानगरपालिका २७ रानीपोखरीको दक्षिणतर्फ साढे ९ रोपनी क्षेत्रफलमा रहेको विद्यालय भवन चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको हो ।

भवनको ठेक्का चिनियाँ कम्पनी सङ्घाई कन्सट्रक्सनले लिएको थियो । ८५ करोडको लागतमा निर्माण गरिएको चार तले भवन ४० कक्षा कोठाको छ ।

२०७२ सालको भूकम्पले पूर्णरुपमा क्षति भएको उक्त हाइस्कुलको पुनर्निर्माणको लागि २०७५ साल साउन १८ गते शिलान्यास भएको थियो ।

जंगबहादुर राणाले बेलायतबाट फर्केपछि नेपालमा पनि औपचारिक शिक्षाको सुरुवात गर्नुपर्ने महसुस गरी १९१० सालमा स्कुल संचालन गरेका थिए । राणाले अंग्रेजी भाषा सिकाउनकै लागि भनेर बेलायतबाट अंग्रेजी शिक्षक समेत झिकाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement