आन्दोलन गर्न हिँडेका दुर्गा प्रसाईंलाई प्रहरीले घर फर्कायो

आन्दोलन गर्न हिँडेका दुर्गा प्रसाईंलाई प्रहरीले घर फर्कायो


काठमाण्डु- आन्दोलन गर्न हिडेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आज प्रहरीले घर फर्काएको छ । गौशाला जान कार्यकर्तासहित हिँडेका उनलाई प्रहरीले पेप्सीकोलामा रोकेर फिर्ता पठाएको हो ।

प्रसाईं आफ्ना कार्यकर्ता र समर्थकसहित तीनवटा गाडीमा ठिमीस्थित घरबाट हिँडेका थिए । पेप्सीकोलातिरको बाटोबाट आउँदै गर्दा मनोहरा पुलमा उनलाई प्रहरीले रोकेर घर फर्काएको हो ।