भारतबाट फर्किएपछि प्रसाईंले भने- अब बैंकबाट लिएको सबै ऋण तिर्छु


काठमाण्डु- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्च अदालतबाट आफूलाई न्याय मिलेको भन्दै न्यायलयप्रति धन्यवाद व्यक्त गरेका छन् ।

आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रसाईले ढिलै भएपनि न्याय मिलेकोमा खुशी व्यक्त गरेका हुन् । उनले १३ वर्षदेखि राज्यले रुवाएकोमा सर्वोच्च न्याय दिएको बताए ।

‘हामी सबैको पहलमा सर्वोच्च अदालतबाट १३ वर्षपछि अन्याय परेको हामीलाई न्याय मिलेको छ । एलओआई दिएर पनि १३ वर्षदेखि हामीलाई तड्पाइराखेको थियो, न्याय मरेको छैन भन्ने कुरा सर्वोच्चले स्थापित गरेको छ। न्यायपालिकालाई धन्यवाद दिन चाहन्छु ।’, उनले भने । प्रसाईंले आफूले बैंकबाट लिएको सबै ऋण तिर्ने पनि बताए।

‘एफिलेसन आयो, कलेज चल्छ, म बैंकको पैसा तिर्छु । मैले बैंकको पैसा तिर्दिनँ भनेर कहिल्यै भनेको छैन ।’, उनले भने । प्रसाईं करिब २० दिनको भारत भ्रमणपछि आइतबार स्वदेश फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement