काठमाण्डु – जिल्ला अदालत भक्तपुरले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ ।
प्रहरीले थुनामा राख्न अनुमतिका लागि पेश गरेकोमा अदालतले म्याद नथपी रिहा गर्न आदेश दिएको हो ।
आईतबार राति पक्राउ परेका प्रसाईंविरुद्ध साइबर अपराधको कसूर, राज्य विरुद्धको कसूरअन्तर्गत सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धको कसूर र सार्वजनिक शान्ति विरुद्धको कसूर गरी ३ कसूरमा थुनामा राखी अनुसन्धान गर्न प्रहरीले आग्रह गरेको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयमार्फत प्रसाईँलाई अदालतमा उपस्थित गराइएकोमा अदालतले रिहा गर्न आदेश दिएको छ । प्रहरीले कम्तीमा ७ दिन थुनामा राख्न अनुमति मागेको थियो ।




प्रतिक्रिया