प्रहरीले भन्यो-दुर्गा प्रसाईं पक्राउ परेका छैनन्

प्रहरीले भन्यो-दुर्गा प्रसाईं पक्राउ परेका छैनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राजावादी प्रदर्शनका कमाण्डर भनिएका दुर्गा प्रसाईं भारतमा पक्राउ परेको समाचारको नेपाल प्रहरीले खण्डन गरेको छ । चैत १५ गते काठमाण्डुको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमान्डर प्रसाईं भारतमा समातिएको चर्चा भइरहँदा प्रहरीले यसको खण्डन गरेको छ ।

प्रहरी प्रधान कार्यालयले हालसम्म प्रसाईं पक्राउ नपरेको जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी दिनेशकुमार आचार्यले गएराति निकालेको विज्ञप्तिमा विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाईं नेपाल प्रहरीको खोजीको सूचीमा रहेको तर हालसम्म प्रसाईं पक्राउ नपरेको उल्लेख छ ।

प्रसाईंको सचिवालयले सामाजिक सञ्जाल फेसबुकमार्फत आसाम प्रहरी समक्ष उनले आत्मसमर्पण गरेको दाबी गरेको छ ।

चैत १५ गतेको प्रदर्शनका नाममा हिंसा भड्काएर फरार भएका प्रसाईंलाई नेपाल प्रहरीको विशेष ब्यूरोले पूर्वी नेपालको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको चर्चा भइरहेको छ ।

नेपाल र भारतबीचमा सुपुर्दगी सन्धि नभएकाले अर्कोे देशमा पक्राउ परेमा त्यहाँको प्रहरीले सीमाक्षेत्रमा ल्याएर छोड्ने र लगत्तै सम्बन्धित देशको प्रहरीले जिम्मा लिएर गन्तव्यमा पुर्‍याउने गरिन्छ ।