दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउन आदेश (नामसहित)

दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउन आदेश (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जिल्ला अदालत काठमाण्डौले चैत १५ गते राजावादीहरूको प्रदर्शनका क्रममा तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको भन्दै दुर्गा प्रसाईंसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

थुनामा पठाइएकामा प्रसाईंसहित तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत र कुमार तामाङ छन् । अदालतले अरू ३२ जनालाई धरौटीमा छोड्न आदेश दिएको छ ।

न्यायाधीश धु्रवराज कार्कीको इजलासमा हिजो दिउँसो थुनछेक बहस सकिएपछि मध्यरातमा आदेश आएको हो ।

चैत १५ गते प्रसाईंको नेतृत्वमा काठमाण्डौको तीनकुनेमा हिंसात्मक प्रदर्शन हुँदा दुई जनाको ज्यान गएको थियो । निजी घर, सरकारी गाडीसँगै जडिबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो ।