दुर्गा प्रसाईंलाई हतियार राख्न दिएको अनुमतिबारे छानबिन गर्न समिति गठन


काठमाण्डु – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हतियार राख्न अनुमति दिएको विषयमा छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति बनाएको छ। बिहीबार गृहमन्त्रीस्तरीय निर्णयबाट छानबिन समिति गठन गरिएको हो ।

गृह मन्त्रालयले सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति बनाएको छ। समितिमा गृह मन्त्रालयका उपसचिव (कानून)का ऋषि पौडेल, नेपाल प्रहरीका प्रहरी उपरिक्षक सन्तोष भट्टराई, र गृह मन्त्रालयका उपसचिव सदस्य रहेका छन् ।

चैत ५ गते सर्वोच्च अदालत परिसरबाट प्रसाईंका अंगरक्षकद्वय दीपक खड्का र राजकुमार धिताल पक्राउ परेका थिए । उनीहरूका साथबाट अत्याधुनिक हतियार (मेसिनगन) एकथान, म्याग्जिन, म्याग्जिन होल्डर र गोली १०० राउन्ड बरामद गरिएको थियो ।

कानुनविपरीत उक्त हतियारको इजाजतपत्र जारी गरिएको सर्वोच्चले ठहर गरेको थियो । त्यसबारे छानबिन गर्न समेत सर्वोच्चले आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement