दुर्गा भवानीको शक्ति र आशिर्वादले पार्टी एकता चाँडै– कमल थापा


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विजया दशमीकै पावन अवसरमा र दुर्गा भवानीको शक्ति र आशिर्वादले पार्टी एकता चाँडै हुनसक्ने गरि प्रयास भइरहेको बताएका छन् ।

सम्पर्क समाज समन्वय विभागद्वारा पार्टी केन्द्रीय कार्यालयमा आयोजित विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले बडादशैं, शुभ दीपावली, छठ लगायतका नेपालीपन र पहिचान झल्काउने पर्वहरुको साथै नेपाली संस्कृतिको संरक्षण र सम्बर्धनमा राप्रपा निरन्तर रुपले क्रियाशिल रहेको स्पष्ट पारे । विजया दशमीको अवसरमा गाउँ जाँदा पार्टीका एजेण्डाहरुको बारेमा चर्चा गर्न उपस्थित नेता तथा कार्यकताहरुलाई उनले आग्रह समेत गरे ।

नेपाली संस्कृतिमा सदियौंदेखि स्थापीत मानीएको घटस्थापना जस्तो पवित्र दिनलाई पनि सरकारले सार्वजनिक विदा कटौति गरेकोमा आपत्ती जनाउँदै अध्यक्ष थापाले राप्रपाकै पहलमा कुनै दिन घटस्थापना जस्तो ऐतिहासिक महत्वको दिनलाई सार्वजनिक विदा दिलाएरै छाड्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

पार्टीका महामन्त्री एवं सम्पर्क समाज समन्वय विभाग प्रमुख भास्कर भद्राको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पार्टीका वरिष्ठ नेता वालाराम घर्तिमगर, प्रदेश नं। ३ का अध्यक्ष विक्रम बहादुर थापा, उपाध्यक्ष निना भेट्वाल, ललितपुर जिल्ला अध्यक्ष आनन्द अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा विभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रवेश गर्ने नव प्रवेशीहरुलाई अध्यक्ष थापाले सदस्यता प्रदान गरि स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement