दुर्गेश थापाको ‘बेसार’ युट्युवको ट्रेन्डिङमा (भिडियो)


काठमाण्डु – गायक दुर्गेश थापाले यसवर्षको तिजका लागि नयाँ गीत ल्याएका छन् । गत साल ‘बिच्च बिच्च’मा बोलको गित ल्याएर हिट भएका गायक थापाले यो वर्ष ‘बेसार’ शीर्षकको गीत बजारमा ल्याएका हुन् ।

देशमा घटेका समसामयिक विषयवस्तुलाई समेटेर उनले नयाँ तिज गीत बजारमा ल्याएका हुन् । यो गीत सोमबारसम्म युट्युवको ४ नम्बर ट्रन्डिङमा छ ।

गीतको भिडिओमा दुर्गेश थापासँगै चिरन्जिवी सापकोटा, काजिस श्रेष्ठ, जीवन सहानी क्षेत्री, लोमस शर्मा, सन्तोष बानियाँ र प्रेम खड्काको भिन्नै परिवेश देख्न सकिन्छ ।

गीतको भिडिओ काजिस श्रेष्ठले निर्देशन र कोरियोग्राफी गरेका छन् भने अर्जुन तिवारी र उनको टोलीको सिनेमाटोग्राफी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement