पोखरा जाँदै गरेको माइक्रोबस धादिङमा दुर्घटना

पोखरा जाँदै गरेको माइक्रोबस धादिङमा दुर्घटना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-काठमाडौंबाट पोखरा जाँदै गरेको विद्युतीय ईभी माइक्रोबस धादिङमा दुर्घटनामा परेको छ। दुर्घटनामा परी १२ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेमध्ये ५ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ। बाँकी घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

बा १३ च २९४१ नम्बरको माइक्रोबस गजुरी गाउँपालिका–६ स्थित आदमघाट नजिकै दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।