काठमाण्डु- नेपाल प्रहरीका पूर्वमहानिरीक्षाक दुर्लभकुमार थापाको निधन भएको छ।
९७ वर्षीय थापाको मंगलबार निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
२०३५ देखि ०३९ सम्म उनी नेपाल प्रहरीको महानिरीक्षक भएका थिए। उनकै अग्रसरतामा आईजीपी निवासको निर्माण, कमाण्डो तालिमको सुरूवात, पर्यटक प्रहरी र प्रहरी पहरा गणको स्थापना भएको थियो।
प्रहरी महानिरीक्षक दिपक थापाले पूर्व महानिरीक्षक थापको निधनप्रति दुःख व्यक्त गरेका छन्।
प्रतिक्रिया