बलात्कारी र हत्यारालाई सघाएको आरोपमा विभागिय कार्वाही भएकालाई गृहमन्त्री शर्माले दिए बढुवा


काठमाण्डौ –नेपाल प्रहरीको मध्यक्षेत्र कार्यालय हेटौडाबाट कारवाहीका लागि सिफारिस भएका डिएसपी संजिव शर्मा दासलाई प्रहरी मुख्यालयले बढुवा सिफारीस गरेको खुल्न आएको छ । मुख्यालयले आइतवार राती गरेको बढुवा सिफारीसमा शर्माको नाम ३५ औ नम्वरमा छ । शर्मालाई मध्यक्षेत्रका प्रमुख डिआईजी गणेश केसीले कार्वाहीका लागी सिफारीस गरेका थिए । यसअघि राष्ट्रिय मानवअधिकार आयोगले पनि शर्मालाई कारवाही गर्न निर्देशन दिएको   थियो ।

पाच बर्षअघि रामेछापको लिखु गाउपालिका २ सैपुकी १४ वर्षीया सुन्तली तामाङको हत्या र बलात्कारमा सलग्नलाई भगाएको र पीडितको जाहेरी समेत लिन नमानेको आरोप उनिमाथी छ ।  उनलाई बढुवा गरिएकोप्रती मुख्यालयमा असन्तुष्टी छ ।

हत्या आरोप लागेका अभियुक्त श्याम रावतलाई प्रहरीले दुई साता अघि प्रक्राउ गरेको थियो । रामेछापका डिएसपी कुमुद ढुंगेल नेतृत्वको टोलीले उनलाई भारतवाट प्रक्राउ गरेर मुद्दा चलाएको थियो । डिएसपीको बढुवा गर्न गठित समितीमा आईजपी प्रकाश अर्यालसहित एआईजी दिनेशचन्द्र पोखरेल र गृहमन्त्रालयका सहसचिव हरि मैनाली छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement