सरकार विरुद्ध गिरिजाको आक्रामक म्युजिक भिडियो बजारमा


काठमाडौँ – ‘पियारी क्या अर्नु चिन्ता नगरी, वर्वाद भो हाम्रो सरकार’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भीमफेदी गाइज्ले फिचरिङ गरेको म्युजिक भिडियोलाई निर्मल लामाले निर्देशन गरेका हुन् ।

गिरिजा अधिकारीको शब्द, विकास पाण्डेको संगीत र देबेन्द्र कार्कीको स्वर रहेको गीतको भिडियो पवन सुस्लिङले छायांकन गरेका छन् । म्युजिक भिडियो ए सरकार कै सिक्वेलको रुपमा आएको हो । म्युजिक भिडियोमा नेपालको अहिलेको अवस्थालाई दर्साइएको छ ।

यस अघि पुष्पण प्रधानको स्वरमा अधिकारीकै शब्द, पाण्डेको संगीत र लामाको निर्देशनमा रहेको ‘ए सरकार’ म्युजिक भिडियो सार्वजनिक भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement