मोरक्को भूकम्पमा मृत्यु हुनेको संख्या ६३२ पुग्यो


मोरक्को – मध्य मोरक्कोमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या ६३२ पुगेको छ ।

भूकम्पमा परी ३२९ जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेमध्ये ५१ जनाको अवस्था गम्भीर रहेको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको केन्द्रविन्दु माराकेशबाट ७१ किलोमिटर (४४ माइल) दक्षिण पश्चिममा उच्च एटलस पर्वतमा रहेको बताएको छ । यसको केन्द्र जमिनको सतहबाट १८.५ किलोमिटर गहिराइमा रहेको बताइएको छ ।

भूकम्पको धक्का केन्द्रबिन्दुबाट ३५० किलोमिटर टाढा रहेको राजधानी रबातमा पनि महसूस गरिएको थियो । कासाब्लान्का र एसाउइरामा पनि भूकम्पको धक्का महसूस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement