‘पृथ्वी गोलो छ’ : पी चिदम्बरमले देखेको त्यो ‘भगवा आतंकवाद’ र यो गिरफ्तारी !


नयाँदिल्ली – पृथ्वी गोला छ । २०११ मा भारतीय कांग्रेसका नेता पी चिदम्बरम गृहमन्त्री भएका बेला उनले केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) को जुन भवनको उद्घाटन गरेका थिए, बुधवार पक्राउ परेपछि त्यही भवनमा रात बिताउनुप¥यो ।

चिदम्बरम गृहमन्त्री हुँदा सीबीआईले सोहराबुद्दीन शेख मुठभेड मामिलाको हत्या आरोपमा गुजरात सरकारका तत्कालीन मन्त्री अमित शाहलाई गिरफ्तार गरिएको थियो । मन्त्री शाहलाई चिदम्बरमले उद्घाटन गरेको भवनमै थुनामा राखिएको थियो ।

आज अमित शाह गृहमन्त्री छन् र चिदम्बरमलाई भ्रष्टाचार मुद्दामा पक्राउ गरेर त्यही भवनमा थुनामा राखिएको छ । चिदम्बरम गृहमन्त्री हुँदा नरेन्द्र मोदीका दाहिने हात अमित शाहका लागि मात्रै परेशानी बनेनन्, मोदीमाथि समेत हात हाले । २००२ गुजरात दंगाको जाँच विशेष दल (एसआईटी) ले छानबिन गरिरहँदा मोदीलाई फसाउन कोसिस गरिएको आरोप लाग्यो । भारतीय जनता पार्टी (बीजेपी) का लागि ती दिन धेरै खराब थिए । चिदम्बरमले २०१० मा ‘भगवा आतंकवाद’ शब्दावली प्रयोग गर्दै पूरै संघ परिवारमाथि प्रहार गरेका थिए ।

उनले आतंकवाद सम्बन्धी एक सम्मेलनमा भनेका थिए, ‘विगतमा भएको एक बम विस्फोटसँग जोडिएको भगवा आतंकवादको नयाँ स्वरुप हालै सार्वजनिक भएको छ । मेरो सल्लाह छ कि हामी सदैव सतर्क रहेर केन्द्र र राज्यस्तरमा आतंकवाद रोक्नको लागि क्षमता बढाउनुपर्छ ।’ यो टिप्पणीपछि बीजेपीले तुरुन्त हंगामा खडा ग¥यो । हिन्दूत्वसँग सम्बन्धित शक्तिहरूले ‘हिन्दूत्व’लाई ‘आतंकवाद’सँग जोड्नुलाई अवैध सावित गर्नतिर लागे । खासगरी मुस्लिम शक्तिलाई आतंकवादसँग जोडिँदै आएको थियो । अन्त्यमा सबै सहमति भए – आतंकवादको कुनै धर्म हुँदैन ।

उतिबेलाको त्यो जाँच स्पष्ट थियो कि थिएन ? केही विस्फोटको सम्बन्ध हिन्दूत्व संगठनसँग जोडिएको पाइएको थियो । तर यो राजनीतिक रुपबाट आत्मघाती बन्यो । किनकि बीजेपी र संघलाई धर्मनिरपेक्ष षड्यन्त्रको शिकार हुने कार्ड खेल्ने मौका मिल्यो । कांग्रेसले सार्वजनिक रुपमा चिदम्बरमको भनाइलाई खण्डन गर्नुप¥यो ।

आईएनएक्स मामिलाले चिदम्बरम थुनामा
पूर्वमन्त्री चिदम्बरमविरुद्ध चलेको ताजा मुद्दा कानूनीभन्दा बढी राजनीतिक छ । तर मुद्दाको टुंगो कानूनी रुपमै लाग्नेछ । जतिबेला चिदम्बरम यूपीएको पहिलो सरकारका बेला अर्थमन्त्री थिए, त्यतिबेला आईएनएक्स नामक मिडिया कम्पनीलाई ३०५ करोड रुपैयाँ विदेशी लगानी भित्र्याउने अनुमति आवश्यक थियो । विदेश लगानी प्रवद्र्धन बोर्डले अनुमति दिनुपर्ने थियो । तर कम्पनीले अनुमति विना नै लगानी ग¥यो ।

आईएनएक्स कम्पनीका मालिक इन्द्राणी र पीटर मुखर्जी थिए । यो दम्पती आफ्नै छोरी शीना बोराका हत्या अभियुक्त हुन् र हाल जेलमा छन् । इन्द्राणीले कानूनी झन्झटबाट बच्न पी चिदम्बरमलाई घुस दिएको बयान दिए, १० लाख घुस रकम चिदम्बरमका छोरा कार्तिलाई दिएको खुलासा गरिन् उनले । यस्तै प्रकरणमा मुछिएका पूर्वमन्त्री चिदम्बरम मोदीकालमा पक्राउ पर्ने कांग्रेसका सबैभन्दा हाई–प्रोफाइल नेता हुन् ।

कांग्रेसलाई छैन सहानुभूति
सामान्य अवस्थामा विपक्षी नेतालाई पक्राउ गर्दा जनताले विपक्षीप्रति सहानुभूति देखाउन सक्ने डर सरकारलाई हुन्छ । तर अहिले त्यस्तो अवस्था छैन । अहिल चिदम्बरमको गिरफ्तारीको राजनीतिक असर देखिँदैन जस्तै छ । विपक्षी नेताप्रति जनताले देखाउने सहानुभूतिभन्दा मोदी सरकार धेरै शक्तिशाली छ । चिदम्बरमको गिरफ्तारी अर्थव्यवस्थाको गति सुस्त भएको बेला गरिएको छ । पी चिदम्बरम सन् २००४ देखि २००८ सम्म आर्थिक वृद्धिदर र राज्यकोषको घाटाको ख्याल गर्ने उत्कृष्ट अर्थमन्त्री थिए । अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ – सीबीआईले चिदम्बरमलाई पक्राउ गरेर सोध्यो कि अर्थव्यवस्थालाई ‘किक स्टार्ट’ कसरी गर्न सकिन्छ ?

अहिले कश्मीरको पूरै विपक्ष जेलमा छ भने भ्रष्टाचारको मुद्दामा विपक्षले अझै यस्तै प्रकारका ‘हाई–प्रोफाइल’ गिरफ्तारी देख्नुपर्ने हुनसक्छ । बीजेपीले लक्षित समय सामना गर्नुपरेको समाचार शीर्षक हो – मोदी सरकार अर्थव्यवस्था सम्हाल्न असफल भयो । यो समाचार शीर्षकबाट ध्यान हटाउनु बीजेपीका लागि अत्यावश्यक छ । जसका लागि केही हप्तासम्म कश्मीर मुद्दा थियो भने अब चिदम्बरम । अगाडि अरु पनि हुनसक्छन् । यसबाट जनतालाई विपक्ष भ्रष्ट र विकाउ रहेको समेत याद गराउन सकिन्छ भन्ने बीजेपीको कोसिस देखिन्छ । चिदम्बरम केही दिनभित्रै धरौटीमा रिहा हुनसक्छन् । तर उनको गिरफ्तारीले जनतालाई कांग्रेस पार्टी कति भ्रष्ट छ भनेर स्मरण गराइराख्न सहयोग पु¥याउने छ । (बीबीसी हिन्दीमा प्रकाशित वरिष्ठ पत्रकार शिवम विजको सामग्री अनुवाद गरिएको ।)

प्रतिक्रिया दिनुहोस
Advertisement