युद्धस्तरमा अघि बढाएको पुनर्निर्माणलाई अवको एक वर्षमा पूर्णतामा पुर्याउँछौं :प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निर्माणलाई युद्धस्तरमा अघि बढाएको र अबको एक वर्षमा पूर्णतामा पुर्याउने दाबी गरेका छन् । बिहीबार ट्विट गर्दै प्रधानमन्त्री ओलीले पुनर्निर्माणलाई अबको एक वर्षमा सम्पन्न गर्ने दाबी गरेका हुन् । उनले चार वर्षअघिको विनाशकारी भूकम्पले भौतिक पूर्वाधार निर्माणमा सजगताको पाठ सिकाएको समेत उल्लेख गरेका छन् ।

गोरखाको बारपाक केन्द्र भएर विनाशकारी भूकम्प गएको (आज) बैशाख १२ गते ४ बर्ष पूरा भएको छ । ४ बर्ष अघि आजैको दिन वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दू बनाएर ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

विनाशकारी भूकम्पले नौ हजारभन्दा बढी नेपालीको मृत्यु भएको थियो भने हजारौं घाइते भएका थिए । भूकम्पले लाखौँ भौतिक संरचनामा क्षति पुगेको थियो। ‘चार वर्षअघिको विनाशकारी भूकम्पले हामीलाई सुरक्षित आवास र भौतिक पूर्वाधार निर्माणमा सजगताको पाठ सिकाएको छ–सयौँ वर्ष अघिदेखिका संरचनाहरु एकैछिनमा ढल्छन् र तिनीहरुको पुनर्निर्माण गर्न वर्षौँ लाग्छ। हामीले युद्धस्तरमा अघि बढाएको पुनर्निर्माणलाई अबको एक वर्षमा पूर्णतामा पुर्याउँछौँ ’, प्रधानमन्त्री ओलीले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement