नेकपाका स्थायी कमिटी सदस्यले राखे धारणा, अधिकांश ओली–प्रचण्डप्रति आक्रामक


काठमाडौं – नेकपा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहिबार बिहान तीन घण्टा बसेको स्थायी कमिटीको तेस्रो बैठकमा आठ सदस्यले आ-आफ्नो धारणा राखेका छन् ।

नेकपा महासमिति विष्णु पौडेलले बिहिबारको बैठकमा किरण गुरूङ, पेशल खतिवडा, अमृतकुमार बोहरा, पम्फा भुसाल, लिलामणी पोखरेल, चक्रपाणी खनाल, माृतका यादव र विष्णु रिमालले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गरेको जानकारी दिए । बैठक शुक्रबार पनि जारी रहने छ ।

बैठक सुरू भएयता हालसम्म बैठकमा ३४ स्थायी कमिटी सदस्यले आफ्नो धारणा राखिसकेका छन् । बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टी नेतृत्व र सरकारको कार्यशैलीको आलोचना गरेको जनाइएको छ ।

गत शनिबार सुरू भएको पार्टी स्थायी समिति बैठकमा अध्यक्षद्धय केपी ओली र प्रचण्डले तयार पारेको संयुक्त राजनीतिक प्रतिवेदनमाथि सोमबारबाट छलफल सुरू भएको थियो ।

छलफलमा भाग लिँदै नेताहरूले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको र पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउन नसकेको तथा एकीकरणको कामलाई पूर्णता दिन ढिलाई गरेको भन्दै पार्टी नेतृत्वको चर्को आलोचना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement