८ प्रतिशतको आर्थिक वृद्धिदर कति सहज? अर्थमन्त्री भन्छन्, ‘सम्भव छ’


काठमाडौँ—अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिदर कायम गर्न सकिने बताएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले सरकारी, निजी र सहकारीलगायत सबै मिलेर काम गरे ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिने बताएका हुन्।

चालू आर्थिक वर्ष ०७५—०७६ मा प्रक्षेपित आर्थिक वृद्धिदर ६।८१ प्रतिशत कायम हुने देखिएको छ।  सरकारले लिएको लक्ष्यअनुरुप ८ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्न सकिने दिशामा बजेट विनियोजन भएको मन्त्री खतिवडाको दाबी थियो ।

उनले आगामी आवका लागि ल्याइएको बजेट सन्तुलित भएको दाबी गरे। जनसंख्या, भूगोल विकासको क्षमता राजश्व संकलन विकास निर्माणको लागत लगायतलाई ध्यानमा राखेर बजेन निर्माण उनले बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement