आर्थिक वृद्धिदरको स्थायित्वका लागि निर्यात बढाऊः विश्व बैंक

आर्थिक वृद्धिदरको स्थायित्वका लागि निर्यात बढाऊः विश्व बैंक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – उच्च आर्थिक वृद्धिदरको स्थायित्वका लागि निर्यात क्षमता विस्तार गर्न विश्व बैंकले सुझाव दिएको छ। विश्व बैंकको प्रकाशन ‘साउथ एसिया फोकस, २०१९’ को पछिल्लो संस्करणमा नेपालसहित दक्षिण एसियाली देशहरूले अहिले प्राप्त आर्थिक वृद्धिदरको रफ्तारलाई कायमै राख्न निर्यात वृद्धिका लागि आग्रह गरिएको छ।

पछिल्लो वर्षमा अमेरिकी डलरको तुलनामा दक्षिण एसियाली सबै देशका मुद्रा तीव्र अवमूल्यन भएका छन्। नेपाली मुद्रा सन् २०१७ यता अमेरिकी डलरसँग १० प्रतिशतले अवमूल्यन भएको उल्लेख गर्दै विश्व बैंकले यो परिस्थितिलाई निर्यात बढाउने अवसरका रुपमा प्रयोग गर्नुपर्ने जनाएको छ।

मुद्रा अवमूल्यन हुँदा आयात महँगो हुन्छ भने निर्यातबाट धेरै लाभ हुन्छ। किनभने सम्बन्धित देशमा आयात गर्नुपर्ने कच्चा वस्तुमा बाहेक श्रमिक ज्याला लगायत उत्पादनका साधनमा प्रयोग हुने लागत बढेको हुँदैन। निर्यातकर्ताले निर्यातबाट प्राप्त विदेशी मुद्राको सटहीबाट स्थानीय मुद्रामा केही लाभ लिन सक्ने भएकाले निर्यात वृद्धि हुन्छ भन्ने मान्यता छ। विश्व बैंकले तुलनात्मक लाभका क्षेत्रको निर्यात वृद्धिको सम्भावना औंल्याएको छ। यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।