काठमाडौं – नेपाल राष्ट्र बैंकले घर तथा अपार्टमेन्ट किन्ने व्यक्तिहरुका लागि नयाँ व्यवस्था ल्याएको छ । एकीकृत निर्देशन संशोधन गरेर ल्याएको नयाँ व्यवस्थामा ऋणीले अब बैंक तथा वित्तीय संस्थाबाट कुल लागतको ७० प्रतिशत कर्जा पाउने भएका छन् ।
यसअघि बैंकहरुले यस्तो आवास किन्न काठमाडौं उपत्यकामा ५० प्रतिशत र उपत्यकाबाहिर ६० प्रतिशत कर्जा प्रवाह गर्दै आएका थिए । नयाँ निर्देशनअनुसार अब ऋणीले बैंकबाट रु १ करोड ५० लाखसम्म यस्तो कर्जा पाउनेछन् ।
ऋणीले बैंकबाट यस्तो सुविधा लिनका लागि किन्न लागेको आवास ऋणी आफैले प्रयोग गर्नका लागि किनिएको हुनुपर्ने राष्ट्र बैंकले बताएको छ ।




प्रतिक्रिया