काठमाण्डु – प्रतिनिधिसभा बैठकमा आर्थिक सर्वेक्षण पेश भएको छ। बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२–८३ को आर्थिक सर्वेक्षण पेश गरेका हुन्।
चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने अर्थमन्त्री पौडेलले जानकारी दिए । अर्थतन्त्रका सूचकमा सुधार आएको पौडेलले बताए ।
गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गरेपछि मंगलबार सार्वजनकि गर्ने भनिएको आर्थिक सर्वेक्षण २०८१–८२ रोकिएको थियो ।
आर्थिक सर्वेक्षणले मुलुकको समग्र आर्थिक सामाजिक स्थितिको प्रतिबिम्वित गर्छ । सरकारले हरेक वर्ष बजेट ल्याउनुअघि आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने परम्परा रहेको छ ।
सर्वेक्षणले मुख्यतः गत आर्थिक वर्षको पूरा अवधि र चालु आवको आठ महिनासम्मको संघ, प्रदेश र स्थानीय तहको समग्र आर्थिक, सामाजिक गतिविधि, क्षेत्रगत विकास तथा सुशासनको अवस्था चित्रण एवं विश्लेषण गर्छ । साथै दीर्घकालीन विकास लक्ष्य, समसामयिक विषय र नागरिको जीवनस्तर, औद्योगिक उत्पादन र रोजगारीसँग सम्बन्धित सर्वेक्षणको नतीजा समेट समेटिएको हुन्छ ।
प्रतिक्रिया