शिक्षा विधेयक संसद्‌मा कहिले टेबुल हुन्छ ?


काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विदेश भ्रमणअघि विद्यालय शिक्षा सम्बन्धी विधेयक संघीय संसद्मा टेबुल हुने बताएका छन् ।

विधेयकमा माग सम्बोधन गरी छिटो ल्याउन ध्यानाकर्षण गर्न आज मंगलबार सिंहदरबारस्थित कार्यकक्षमा पुगेको नेपाल शिक्षक महासंघको टोलीलाई उनले जानकारी गराएका नेपाल विद्यालय परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए ।

विधेयक १ महिनाअघि मन्त्रिपरिषद्बाट पारित भए पनि सरोकारपक्षको विरोधका कारण मन्त्रिपरिषद्मै पुनः विचारको स्थितिमा छ । विधेयकमा समेटिनुपर्ने सरोकारवालाका विषयलाई सम्बोधन गर्न उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल गठन गरिएको छ ।

मंगलबार महासंघका अध्यक्ष कमला तुलाधरको नेतृत्वको टोलीले शिक्षामन्त्रीलाई भेटेको छ ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन भदौ अन्तिम हप्ता संयुक्त राज्य अमेरिका जाँदैछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement